नेपाल स्टारको प्रसारण सुरु, प्रतिस्पर्धीले घरबाटै आफ्नो प्रस्तुती खिचेर पठाउनुपर्ने-Sutra News

नेपाल स्टारको प्रसारण सुरु, प्रतिस्पर्धीले घरबाटै आफ्नो प्रस्तुती खिचेर पठाउनुपर्ने

मंगलबार, १३ साउन २०७७

मंगलबार, १३ साउन २०७७

काठमाडौं- नेपाल स्टारको दोस्रो राउण्ड सुरु भएको छ। कोरोना महामारीका कारण प्रसारण बन्द भएको सिंगिङ रियालिटी शो नेपाल स्टारको प्रसारण सामाजिक दूरी कायम राख्दै सुरु भएको हो।



आयोजकका अनुसार अडिशनबाट छानिएका हरेक प्रतिस्पर्धीले आफ्नो स्वर सुहाउँदो गीत चयन गरेर यथास्थानबाटै खिचेर पठाएको भिडियोलाई मञ्चमा बजाउँदै तीन जना निर्णायकहरुलाई मात्र मञ्चमा राखेर गीत सुन्दै मार्किङ गर्ने व्यवस्था मिलाइएको छ।

प्रतिस्पर्धीले गाएको गीतमा संगीत पनि सुन्न सकिने यो राउन्डदेखिका सबै एपिसोडहरुमा संगीत बजाउँदै साथ दिने सांगीतिक समूहमध्येकै दुई बाजा गितार र पियानो बजाएको पनि देख्न सकिन्छ।

यो प्रविधिबाट तयार गरिएका दुई एपिसोड प्रसारण भइसकेको आयोजकले जनाएको छ। दोस्रो राउन्डका लागि २४ जना प्रतिस्पर्धीहरु छानिएका छन्।

कार्यक्रममा रामकृष्ण ढकाल, अञ्जु पन्त र आलोकश्री निर्णाकमा छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट