पार्टीको विवाद समाधानको जिम्मा प्रचण्डलाई-Sutra News

पार्टीको विवाद समाधानको जिम्मा प्रचण्डलाई

मंगलबार, १३ साउन २०७७

मंगलबार, १३ साउन २०७७

काठमाडौं– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटि वैठकले पार्टीको आन्तरिक विवाद समाधानका निम्ति अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई जिम्मेवारी दिएको छ ।



पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीबिनै बसेको स्थायी कमिटिको वैठकले अध्यक्ष प्रचण्डलाई पार्टीमा देखिएको विवाद मिलाउने जिम्मेवारी दिइएको स्थायी समिति सदस्य भीम आचार्यले जानकारी दिए ।

पार्टी र सरकारको समन्वय, शक्तिको बाँडफाँट, एकताका बाँकी काम, एमसिसी सम्झौता अनुमोदन आदि वैठकमा छलफलका लागि राखिए पनि पार्टीको आन्तरिक विवादको विषयमा मात्र छलफल भएको आचार्यले बताए । 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट