पोखरा विश्वविद्यालयमा पदाधिकारी नियुक्त गर्न नेविसंघको माग-Sutra News

पोखरा विश्वविद्यालयमा पदाधिकारी नियुक्त गर्न नेविसंघको माग

मंगलबार, १३ साउन २०७७

मंगलबार, १३ साउन २०७७

काठमाडौं– पोखरा विश्वविद्यालयमा पदाधिकारी नियुक्तिको माग राखेर अनशन बसे पनि वेवास्ता गरिएको विरोधमा नेविसंघले माइतीघर मण्डलमा प्रदर्शन गरेको छ। मंगलबार नेविसंघका पूर्वकेन्द्रीय सदस्य नवराज त्रिपाठीको नेतृत्वमा रहेका नेविसंघले प्रदर्शन गरेका हुन्।



उनीहरूले पोखरा विश्वविद्यालयमा तत्काल उपकुलपति, रजिष्ट्रारलगायत पदाधिकारी नियुक्ति गर्न माग गरेका थिए । ‘पोखरा विश्वविद्यालयमा पदाधिकारी नियुक्ति गर्न पटकपटक माग गरिसकेका छौं। साथीहरू अनशनमा पनि हुनुहुन्छ। तर शिक्षा मन्त्रीले कुनै चासो राख्नुभएको छैन,’ त्रिपाठीले भने, ‘२४ घण्टाभित्र पदाधिकारी नियुक्त गर्न अल्टिमेटम दिन्छौं।’

एनसिटिआई इकाइले गरेको प्रदर्शनमा नेविसंघले शिक्षा मन्त्रीलाई तत्काल पदाधिकारी नियुक्ति गर्न माग गरेका हुन्। पोखरा विश्वविद्यालयका नेविसंघ एक सातादेखि अनशनमा छन्। उक्त रिले अनशनप्रति नेविसंघ केन्द्रीय समितिले ऐक्यवद्धता जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट