स्थायी कमिटी बैठक स्थगित गरेपछि प्रचण्ड, खनाल र नेपाल ओलीलाई भेट्दै-Sutra News

स्थायी कमिटी बैठक स्थगित गरेपछि प्रचण्ड, खनाल र नेपाल ओलीलाई भेट्दै

मंगलबार, १३ साउन २०७७

मंगलबार, १३ साउन २०७७

काठमाडौं- प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले एकतर्फीरुपमा स्थायी कमिटी बैठक स्थगित गरेपछि छलफलका लागि नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल बालुवाटार पुगेका छन्।



उनीसँगै वरिष्ठ नेताहरु झलनाथ खनाल र माधव कुमार नेपाल पनि सहभागी छन्। ओलीले आज ११ बजेका लागि बोलाइएको स्थायी कमिटी बैठक स्थगित गरिदिएका थिए।

त्यसलगत्तै प्रचण्ड पक्षधर नेताहरु संशकित बनेका छन्। प्रचण्ड पक्षधर नेताहरुले ओलीले एकतर्फीरुपमा बैठक स्थगित गर्न नमिल्ने बताए।

यसै विषयमा छलफल गर्न प्रचण्डसहित खनाल र नेपाल ओलीकहाँ पुगेका छन्।

यसैबीच उपाध्यक्ष बामदेव गौतमले ओलीलाई नै एकता महाधिवेशनसम्म अध्यक्ष र बाँकी कार्यकालसम्म प्रधानमन्त्री हुनुपर्ने प्रस्ताव अघि सारेका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट