थापा आज कांग्रेस प्रवेश गर्दै-Sutra News

थापा आज कांग्रेस प्रवेश गर्दै

मंगलबार, १३ साउन २०७७

मंगलबार, १३ साउन २०७७

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी छाडेका पूर्वमन्त्री सुनिल थापा मंगलबार नेपाली कांग्रेस प्रवेश गर्दैछन् । राप्रपाका पूर्वमहामन्त्री थापासहित करिब ५० जना नेताहरू कांग्रेस प्रवेश गर्न लागेका हुन् ।



थापासहितका नेताहरूलाई कांग्रेस पार्टी केन्द्रीय कार्यालय सानेपामा पार्टी प्रवेश गराउने कार्यक्रम रहेको छ । थापाले आफू कांग्रेस प्रवेश गर्दा महामन्त्री पद पाउनु पर्ने र केही नेतालाई केन्द्रीय सदस्य बनाउनु पर्ने माग सभापति शेरबहादुर देउवालगायत नेतासँग राखेका छन्।

तर थापालाई सहमहामन्त्री दिने भन्ने सहमति कांग्रेसमा भएको बुझिएको छ । राप्रपाबाट आउने अन्य नेताहरूलाई भने केन्द्रीय सदस्य र आमन्त्रित केन्द्रीय सदस्य बनाउने कांग्रेसको तयारी छ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट