सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको ९८ हजार दुई सय-Sutra News

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको ९८ हजार दुई सय

मंगलबार, १३ साउन २०७७

मंगलबार, १३ साउन २०७७

काठमाडौं- सुनको मूल्यले मंगलबार नयाँ रेकर्ड कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य बढेर तोलामा ९८ हजार २०० रुपैयाँ पुगेको छ।



यसअघि सोमबार सुनको मूल्य तोलामा ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। यस्तै आज तेजावी सुन तोलामा ९७ हजार ७६० रुपैयाँमा कारोबार भएका छ भने चाँदी १२ सय ४५ रुपैयाँमा कारोबार भएको छ । 

गत बुधबार तोलाको १३ सय रुपैयाँ बढेर ९४ हजार कायम भएको सुन बिहीबार ९४ हजार ५०० रुपैयाँ तोकिएको थियो। यस्तै, शुक्रबार ९५ हजार ८०० रुपैयाँ निर्धारण गरिएको सुनको भाउ आइतबार ९६ हजार ३०० पुगेको थियो। शनिबार भने सुनको भाउ तोकिँदैन।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट