सरिता गिरीको ठाउँमा सांसद बनिन् लीलादेवी सिटौला-Sutra News

सरिता गिरीको ठाउँमा सांसद बनिन् लीलादेवी सिटौला

सोमबार, १२ साउन २०७७

सोमबार, १२ साउन २०७७

काठमाडौं- निर्वाचन आयोगले समाजवादी पार्टीको सिफारिसमा लीलादेवी सिटौलालाई प्रतिनिधिसभा सदस्य निर्वाचित भएको घोषणा गरेको छ। उनी सरिता गिरीको ठाउँमा प्रतिनिधिसभा सदस्य बनेकी हुन्। 



समाजवादी पार्टीले समानुपातिक पद्धतिअन्तर्गत निर्वाचित गर्नुपर्ने खस-आर्य समूहको रिक्त भएको महिला सदस्यमा सिटौलाको नाम सिफारिस गरेको थियो।

निशान छाप परिवर्तनका लागि भएको संविधान संशोधनसम्बन्धी प्रस्तावमा पार्टीको ह्वीप नमानेको भन्दै सरिता गिरीलाई सांसद नरहने गरी कारबाही गरेको थियो।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट