मणिपाल शिक्षण अस्पतालमा कार्यरत डाक्टरमा कोरोना संक्रमण-Sutra News

मणिपाल शिक्षण अस्पतालमा कार्यरत डाक्टरमा कोरोना संक्रमण

सोमबार, १२ साउन २०७७

सोमबार, १२ साउन २०७७

कास्की– पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा कार्यरत एक डाक्टरमा कोरोना संक्रमण पुष्टि भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा ती डाक्टरमा कोरोना संक्रमण पुष्टि भएको प्रतिष्ठानका डा.अर्जुन आचार्यले जानकारी दिए । ती डाक्टरलाई अहिले प्रतिष्ठानकै आइसोलेसनमा राख्न लागिएको आचार्यको भनाइ छ ।  



यसैबीच ती डाक्टरमा संक्रमण पुष्टि भएपछि अस्पतालमा पछिल्लो १० दिनयता भर्ना भएका र उपचाररत बिरामीसहित अन्य स्वास्थ्यकर्मीलाई समेत ट्रेसिङ गरी स्वाव संकलनको तयारी थालिएको छ ।

अस्पताल स्रोतका अनुसार मेडिकल वार्डमा कार्यरत ती डाक्टर आइतबारसम्म बिरामीको जाँचमा खटिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट