विश्वकप सुपर लिग जुलाई ३० देखि सुरु हुने-Sutra News

विश्वकप सुपर लिग जुलाई ३० देखि सुरु हुने

सोमबार, १२ साउन २०७७

सोमबार, १२ साउन २०७७

आइसीसीले पुरुष विश्वकप सुपर लिगको घोषणा गरेको छ। सन् २०२३ मा भारतका आयोजना हुने एक दिवसीय विश्वकपको रोडम्यापको रुपमा रहेको विश्वकप सुपर लिगको खेल यही जुलाई ३० देखि सुरु हुने आइसीसीले जनाएको छ।



जसअन्तर्गत इंग्ल्याण्ड र आयरल्याण्डबीच हुने एकदिवसीय सिरिज सुपर लिगको पहिलो खेल हुनेछ। सुपर लिगमा १३ टिमको सहभागिता रहनेछ। जसमा १२ टेष्ट राष्ट्र र नेदरल्याण्ड्सले प्रतिस्पर्धा गर्नेछन्।

सन् २०१५-१७ सम्म भएको विश्व क्रिकेट लिगको विजेता बनेकोले नेदरल्याण्ड्सले सुपर लिगमा खेल्ने अवसर पाएको हो। सुपर लिगमा होम एण्ड अवेका आधारमा चार-चार सिरिज खेलिनेछ। सुपर लिगमा शीर्ष ७ मा पर्ने टिमले सन् २०२३ मा हुने एकदिवसीय विश्वकपमा स्थान बनाउनेछ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट