युभेन्ट्सलाई लगातार नवौं पटक सिरी ए फुटबलको उपाधि-Sutra News

युभेन्ट्सलाई लगातार नवौं पटक सिरी ए फुटबलको उपाधि

सोमबार, १२ साउन २०७७

सोमबार, १२ साउन २०७७

इटालियन सिरि ए को नवौं पटक यूभेन्टस च्याम्पियन बनेको छ। युभेन्टसले यो सिजनको उपाधि दुई खेल बाँकी रहँदै जितेको छ।



उपाधि जित्न यूभेन्टसले ३६ खेलबाट ८३ अंक जोडेको छ। उपाधि होडमा रहेका इन्टर मिलान (७६ अंक), एटलान्टा (७५ अंक) र लाजियो (७५ अंक) ले ३६ खेल खेलिसकेकाले उपाधि यूभेन्टसले जितेको छ।

लगातार नवौं पटक च्याम्पियन बन्दै यूभेन्टसले आफ्नै कीर्तिमान फराकिलो बनाएको छ। आइतबार राति साम्पडोरियालाई पराजित गर्दै यूभेन्टस च्याम्पियन बनेको हो। यूभेन्टसले दुई–शून्य गोल अन्तरले साम्पडोरियालाई पराजित गरेको छ।

खेलको पहिलो हाफमा क्रिश्चियानो रोनाल्डोले गोल गर्दै यूभेन्टसलाई अग्रता दिलाएका थिए। जारी सिजनमा रोनाल्डोले व्यक्तिगत ३१औं खेल गरे। दोस्रो हाफमा फेरि फेडेरिको बेर्नाडोस्चीले गोल गर्दै यूभेन्टसको अग्रता दोब्बर बनाए। तर, ७७औं मिनेटमा साम्पडोरिया दश खेलाडीमा सीमित बन्यो।

साम्पडोरियाका मोर्टन थ्रोस्बी रातो कार्ड पाउँदै मैदानबाट बाहिरिए। यसपछि साम्पडोरियाले गोल फर्काउन सकेनन र यूभेन्टस विजयी भयो।

– एजेन्सी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट