राप्रपा अब कहिल्यै फुट्दैन : अध्यक्ष थापा-Sutra News

राप्रपा अब कहिल्यै फुट्दैन : अध्यक्ष थापा

सोमबार, १२ साउन २०७७

सोमबार, १२ साउन २०७७

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले पार्टी अब कहिल्यै विभाजित नहुने बताएका छन्। सोमबार ट्वीट गर्दै उनले देशको वैकल्पिक पार्टीको रुपमा उदाउदो राप्रपा अब कहिल्यै विभाजित नहुने बताए।



‘राष्ट्रवादी सम्बद्र्धनवादको वैकल्पिक दर्शन बोकेर खडा भएको राप्रपाको एकता सुदृढ छ,’–उनले ट्वीटमा लेखेका छन्– ‘देशमा भरपर्दो र बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति स्थापित गर्ने उदेश्यका साथ एकताबद्ध भएको राप्रपा अब कहिल्यै विभाजित हुनेछैन।

अध्यक्ष थापाले थपेका छन्– ‘राप्रपाको संकल्प । ‘सर्वसत्तावाद, धर्मपरिवर्तन र भ्रष्टाचार मुक्त सम्बृद्ध नेपाल ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट