भारतमा कोरोनाबाट संक्रमितको संख्या उच्च-Sutra News

भारतमा कोरोनाबाट संक्रमितको संख्या उच्च

सोमबार, १२ साउन २०७७

सोमबार, १२ साउन २०७७

एजेन्सी– भारतमा कोरोनाभाइरस संक्रमितको संख्या १४ लाखभन्दा बढी भएको छ । पछिल्लो २४ घन्टामा भारतमा ४९ हजार ९ सय ३१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घन्टामा भारतमा कोरोनाभाइरसका कारण ७ सय ८ जनाको निधन भएको छ ।



भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३२ हजार ७ सय ७१ पुगेको छ । भारतमा अहिलेसम्म कोरोनाभाइरस संक्रमितको संख्या १४ लाख ३५ हजार ४ सय ५३ पुगेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट