पोखरा विश्वविद्यालयले भदौ अन्तिमदेखि परीक्षा सुरू गर्ने-Sutra News

पोखरा विश्वविद्यालयले भदौ अन्तिमदेखि परीक्षा सुरू गर्ने

सोमबार, १२ साउन २०७७

सोमबार, १२ साउन २०७७

काठमाडौं– पोखरा विश्वविद्यालयले कोभिड–१९ महामारीका कारण स्थगित परीक्षा भदौ अन्तिमदेखि सुरू गर्ने भएको छ । भदौ अन्तिममा सुरु गरेर दशैं अगाडि नै परीक्षा सम्पन्न गरिसक्ने विश्वविद्यालयद्वारा जारी सूचनामा उल्लेख छ ।



लामो दुरीका गाडीहरू भदौदेखि मात्रै खुल्ने र विद्यार्थीहरू देशका विभिन्न भागमा छरिएर रहेकाले भदौ सुरुमा परीक्षा सञ्चालन गर्न नसकिने विश्वविद्यालयको भनाइ छ । सूचनामा परीक्षा सञ्चालन गर्दा सरकारले जारी गरेको स्वास्थ्य सुरक्षा मापदण्ड अपनाइने विश्वविद्यालयले जनाएको छ । 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट