सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको साढे ९७ हजारमा कारोबार-Sutra News

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको साढे ९७ हजारमा कारोबार

सोमबार, १२ साउन २०७७

सोमबार, १२ साउन २०७७

काठमाडौं– सुनको मूल्य प्रतितोला ९७ हजार ५ सय पुगेर सोमबार नयाँ रेकर्ड कायम गरेको छ। आइतबार प्रतितोला ९६ हजार तीन सयमा कारोबार भएको सुन एकैदिन १२ सयले बढेर आज नयाँ रेकर्ड कायम गरेको हो ।



त्यसैगरी चाँदीको मूल्य पनि बढेको छ । ६० रुपैयाँले बढेर १२ सय १० रुपैयाँमा पुगेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार चाँदीको मूल्य ११ सय ५० रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो। सोमबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १९ सय ३२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट