आधारहीन र मनगढन्ते तर्क अगाडि सारेर जोशीलगायतलाई कारवाही गरियो : शेखर कोइराला-Sutra News

आधारहीन र मनगढन्ते तर्क अगाडि सारेर जोशीलगायतलाई कारवाही गरियो : शेखर कोइराला

आइतबार, ११ साउन २०७७

आइतबार, ११ साउन २०७७

काठमाडौं– नेपाली कांग्रेसले पूर्वसहमहामन्त्री गोविन्दराज जोशीलगायत तीन जनालाई पार्टीबाट निस्कासन गरेपछि केन्द्रीय सदस्य शेखर कोइरालाले आपत्ति जनाएका छन् । कांग्रेस अनुशासन समितिले जोशी, कैलालीका पुष्करनाथ ओझा र डडेलधुराका रामबहादुर विष्टलाई कारवाही गर्दै पाँच वर्ष पार्टीबाट निस्कासन गरेको थियो।



केन्द्रीय सदस्य कोइरालाले आधारहीन र मनगढन्ते तर्क अगाडि सारेर जोशीलगायतलाई कारवाही गरिएको भन्दै आइतबार फेसबुक मार्फत् आपत्ति जनाएका हुन् ।

कोइरालाले भने, ‘एकातिर हामी अन्य पार्टीबाट नेपाली कांग्रेसमा प्रवेश गराउदैछौं अर्को तिर आफ्नो सम्पूर्ण जीवन पार्टीमा व्यतीत गरेका बरिष्ठ नेताहरूलाई पार्टीबाट निष्कासन गर्छौं। यसले पार्टी र कार्यकर्तामा के सन्देश जान्छ ?,’ कोइरालाले भनेका छन्, ‘आधारहीन र मनगढन्ते तर्क अगाडी सारेर गोविन्दराज जोशी, पुष्करनाथ ओझा र रामबहादुर बिष्टलाई कांग्रेस पार्टीबाट निष्कासन गरिनु दुर्भाग्य हो। उहाँहरूले पार्टी र लोकतन्त्रका पक्षमा बगाउनुभएको रगत पसिनाको अवमूल्यन गर्ने काम भएको छ।’ 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट