गाईजात्रासँग सम्बन्धित पर्व स्थगन गर्न अनुरोध-Sutra News

गाईजात्रासँग सम्बन्धित पर्व स्थगन गर्न अनुरोध

आइतबार, ११ साउन २०७७

आइतबार, ११ साउन २०७७

ललितपुर– गोदावरी नगरपालिकाले आउँदो साउन २० गते श्रावण प्रतिपदाका दिन मनाइने गाईजात्रासँग सम्बन्धित अन्य पर्व पूर्णरुपमा स्थगन गर्न अनुरोध गरेको छ । विश्वव्यापी रुपमा फैलिरहेको कोरोना महामारीले संक्रमितको संख्या दिनानुदिन बढ्दै गइरहेको अवस्थालाई ध्यानमा राखेर नगरवासीको सुरक्षाका लागि नगरपालिकाले उक्त अनुरोध गरेको हो ।



गोदावरीभित्र गाईजात्रा पर्वमा मनाइने मत्या, रोपाइँ, लाखे, कृष्ण र जुग ‘भगवान’ जात्रा सञ्चालन नगर्न आग्रह गरिएको नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले बताए । उनले भने, ‘दिवंगत आत्माको शान्तिका लागि भीडभाडजन्य कार्य नगरी सम्बन्धित सरोकारवालालाई मात्र गाईजात्रामा समावेश हुन अपिल गर्दछौं ।’ 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट