सुनको भाउ फेरि बढ्यो-Sutra News

सुनको भाउ फेरि बढ्यो

आइतबार, ११ साउन २०७७

आइतबार, ११ साउन २०७७

काठमाडौं- सुनको भाउले रेकर्ड ब्रेक गर्ने क्रम जारी छ। इतबार सुनको भाउ प्रतितोला ५ सय रुपैयाँले बढेको छ।



नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ तोलाको ९६ हजार ३ सय रुपैयाँ कायम भएको छ।

यसैगरी, तेजावी सुनको भाउ तोलाको ९५ हजार ८६० रुपैयाँ निर्धारण भएको छ। यो अहिलेसम्मकै सर्वाधिक बढी मूल्य हो। चाँदी भाउ पनि अहिलेसम्मकै उच्च अर्थात ११ सय ५५ रुपैयाँ पुगेको छ।

गत शुक्रबार छापावाल सुनको भाउ तोलाको ९५ हजार ८ सय रुपैयाँ रहेको थियो। तेजावी सुनको भाउ तोलाको ९५ हजार ३६५ रुपैयाँ निर्धारण भएको थियो। 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट