सुनिल थापासहित राप्रपाका ३० नेताले दिए संयुक्त राजीनामा-Sutra News

सुनिल थापासहित राप्रपाका ३० नेताले दिए संयुक्त राजीनामा

शनिबार, १० साउन २०७७

शनिबार, १० साउन २०७७

काठमाडौं‍- पूर्वमन्त्री सुनीलबहादुर थापाले राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरेका छन्। उनीसहित ३१ जना केन्द्रीय नेताहरुले आज राप्रपाका तीनजना अध्यक्षलाई राजीनामा पत्र लेखी पार्टी परित्यागको घोषणा गरेका हुन्।



राप्रपा परित्याग गर्नेमा थापासहित ३१ जना प्रभावशाली नेताहरु छन्। थापाले प्रजातान्त्रिक शक्तिबीच वृहत एकताको आवश्यकता औल्याउँदै राप्रपा परित्यागको घोषणा गरेको बताए।

‘मैंले अब प्रजातान्त्रिक शक्ति एकजुट भएर जानुपर्ने उद्देश्यका साथ राप्रपा परित्याग गरेको हुँ,’ उनले भने। प्रेस वक्तव्यमा आजका मितिले राप्रपाको सबै तह र जिम्मेवारीबाट अलग हुने भनिएको छ।

राप्रपा परित्याग गर्नेहरुमा पूर्व गृहराज्यमन्त्री विष्णु विक्रम थापा, केन्द्रीय नेताहरु बाबुराम बस्नेत, वृजलाल यादव, पदमबहादुर बस्नेत, किरण गिरी, दिलिप राईलगायत छन्।

राप्रपाको तीन शक्ति एक भएपछि सुनिल थापा असन्तुष्ट रहँदै आएका थिए। राप्रपाका संस्थापक नेता तथा पूर्व प्रधानमन्त्री सुर्यबहादुर थापा राजनीतिमा प्रभावशाली मानिन्छन्।

धनकुटाबाट चुनाव जितिसकेका उनी आपूर्तिमन्त्री भइसकेका छन्। थापासहितको उनको समूहले राप्रपा परित्याग गरेपछि उक्त पार्टीमा ठूलो धक्का परेको छ। 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट