प्रधानमन्त्री ओलीकै सक्रियतामा एमाले पार्टी दर्ता भएको प्रचण्डको दाबी-Sutra News

प्रधानमन्त्री ओलीकै सक्रियतामा एमाले पार्टी दर्ता भएको प्रचण्डको दाबी

शुक्रबार, ९ साउन २०७७

शुक्रबार, ९ साउन २०७७

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपाकै अर्का अध्यक्ष केपी शर्मा ओलीको सक्रियता र पहलमा एमाले पार्टी दर्ता भएको बताएका छन्।



पुष्पलाल स्मृति दिवसको अवसरमा शुक्रबार आयोजित श्रद्धाञ्जली कार्यक्रममा उनले पार्टीभित्रको मतभेदतर्फ संकेत गर्दै अहिले पार्टी गम्भीर संकटमा रहेको बताए।

उनले पार्टी स्थायी समितिको बैठक चल्दै गरेको समयमा अध्यक्ष एवं प्रधानमन्त्री ओलीको सक्रियता र पहलमा निर्वाचन आयोगमा एमाले नामको पार्टी दर्ताका प्रक्रिया अगाडि बढेको बताए।

उनले पार्टी एकताका विषयमा छलफल भइरहेका बेला देशभरि केही कार्यकर्तालाई नारा जुलुसमा लगाउने काम भइरहेको बताए। उनले कार्यकर्तालाई नाराजुलुसमा नभइ एकताका पक्षमा लाग्न समेत निर्देशन दिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट