प्रधानमन्त्री ओली र देउवाबीच भेटवार्ता, संक्रमण नियन्त्रणका लागि विशेष रणनीति बनाउन आग्रह-Sutra News

प्रधानमन्त्री ओली र देउवाबीच भेटवार्ता, संक्रमण नियन्त्रणका लागि विशेष रणनीति बनाउन आग्रह

बिहिबार, ८ साउन २०७७

बिहिबार, ८ साउन २०७७

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लकडाउन खुलेपछिको चुनौती सामना गर्न विशेष रणनीति बनार्न सरकारलाई आग्रह गरेको छ।



प्रधानमन्त्री केपी शर्मा ओलीसँग बिहीबार बिहान भेटवार्ता गरेका सभापति देउवाले कोरोना सङ्क्रमणको जोखिम र बाढी पहिरोले पुर्‍याएकाे क्षतिबारे ध्यानाकर्षण गराएका थिए। 

लकडाउन गर्दासमेत कोरोना सङ्क्रमितको सङ्ख्या २० हजार नजिक पुगेको अवस्थामा लकडाउन हटाइएको भन्दै उनले कोरोना परीक्षण पीसीआर प्रविधिमार्फत् मात्रै गर्न आग्रह गरे।

विदेशमा अप्ठ्यारोमा परेका नेपालीलाई उद्धार गर्ने काममा तीव्रता दिन पनि सभापति देउवाले आग्रह गरेका थिए।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट