स्वास्थ्यसम्बन्धी नियमको पालना गर्न राष्ट्रपतिद्वारा आग्रह-Sutra News

स्वास्थ्यसम्बन्धी नियमको पालना गर्न राष्ट्रपतिद्वारा आग्रह

बुधबार, ७ साउन २०७७

बुधबार, ७ साउन २०७७

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले बन्दाबन्दी सरल बनाए पनि स्वास्थ्यसम्बन्धी नियमको पालना गर्न सबैमा आग्रह गरेकी छन्।



ट्वीट गर्दै उनले कोभिड–१९ बाट बच्न सबैलाई स्वास्थ्यसम्बन्धी नियम पालना गर्न आग्रह गरेकी हुन्।

‘जनजीवनलाई सहज पार्न सरकारले बन्दाबन्दी केही सरल गरेको छ। तथापि, कोरोना महामारीको जोखिम टरिसकेको छैन,’ उनले ट्वीटमा भनेकी छन्।

कोभिड–१९ को सरकारले गत चैत ११ गतेदेखि जारी राखेको बन्दाबन्दी गएराति १२ बजेदेखि हटाएको छ।

अहिलेसम्म नेपालमा कोभिड–१९ को सङ्क्रमण १८ हजार ९४ जनामा देखिएको छ भने ४२ जनाको यसबाट मृत्यु भएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट