सोफिया थापाको ‘विवादीत तीज गीत’ युट्युबबाट हटाइयो-Sutra News

सोफिया थापाको ‘विवादीत तीज गीत’ युट्युबबाट हटाइयो

बुधबार, ७ साउन २०७७

बुधबार, ७ साउन २०७७

काठमाडौं- गायिका सोफिया थापाको स्वर रहेको तीज विशेष गीत ‘अब को तीज नो ब्रत प्लिज’ युट्युबबाट हटाइएको छ।



उनका श्रीमान् फिल्म निर्देशक मनोज पण्डितले फेसबुक स्टाटस् मार्फत् गीत हटाइएको जानकारी दिएका छन्। उनले स्टाटसमा ‘अतिवादको सिकार भइयो’ भन्दै भिडियो हटाइएको फोटो राखेका छन्।

वितरक कम्पनी हाइलाइट्स नेपालले सोफियाको गीतलाई ‘प्राइभेट’ गरिएको जानकारी दिएको छ। 

‘यस हाइलाइट्स नेपालले सम्पूर्ण धर्मलाई उत्तिकै सम्मान राख्दछ। साथै कुनै पनि धर्मलाई आँच आउने कार्य गर्ने नियत नरहेको जानकारी गराउँदछु। जुलाई १९ मा सम्बन्धित स्रष्टा सर्जकसंग सम्झौता गरी अपलोड गरिएको ‘अबको तीज नो ब्रत प्लिज’ गीतमा हिनुद धर्म, संस्कार र संस्कृतिप्रति आँच तथा सामाजिक सद्भाव बिगार्न गलत सन्देश पुगेको भन्दै हिन्दु जागरण नेपाल, विश्व हिन्दू माहासंघ नेपाल, विश्व हिन्दू युवा संघ अन्तर्रास्ट्रिय समिति, शिवसेना नेपाल, श्रीमद भागवत प्रचार प्रसार सेवा संघ, हिन्दू जागरण नेपाल महिला समूह साथै हिन्दू जागरण नेपाल विद्यार्थी समितिको संयुक्त पत्रको अनुरोधमा उक्त गीत प्राइभेट गरिएको जानकारी गर्दछौं!’ हाइलाइट्स् नेपालले फेसबुकमार्फत् जानकारी गराइएको छ।

गीतका कारण गायिका थापालाई धम्कीसमेत आएको थियो। तत्काल गीत नहटाए जे पनि गर्नसक्ने भन्दै हिन्दू धार्मिक संगठनका नाममा लगातार फोनमार्फत् धम्की आइरहेको गायिका सोफियाले सूत्र न्युजलाई बताएकी थिइन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट