त्रिभुवन विश्वविद्यालयका क्याम्पसहरु आजदेखि सञ्चालनमा-Sutra News

त्रिभुवन विश्वविद्यालयका क्याम्पसहरु आजदेखि सञ्चालनमा

बुधबार, ७ साउन २०७७

बुधबार, ७ साउन २०७७

काठमाडौं– त्रिभुवन विश्वविद्यालयका क्याम्पसहरु आजबाट सञ्चालनमा आएका छन्।



त्रिवि रजिष्ट्रार कार्यालयलको सूचना तथा जनसम्पर्क महाशाखाले मंगलबार एक सूचना जारी गर्दै सरकारले लकडाउन घोषणा अन्त्य गरेसँगै क्याम्पसहरु सञ्चालनमा ल्याएको जानकारी दिएको हो।

विद्यार्थीहरुको नियमित पठनपाठन, पुस्तकालय सञ्चालनलगायत नेपाल सरकारले निषेध गरेका कार्यबाहेक अन्य सबै कार्य सञ्चालन गर्ने गरी क्याम्पस सूचारु गर्न सकिने महाशाखाका प्रमुख सूर्यप्रसाद अधिकारीले जानकारी दिए।

विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ को कारण नेपालमा चैत १० गतेबाट गरिएको लकडाउनसँगै विद्यालय र विश्वविद्यालयहरु बन्द भएका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट