सरकारद्वारा कोरोना नियन्त्रणका लागि गरिएको लकडाउन अन्त्यको घोषणा-Sutra News

सरकारद्वारा कोरोना नियन्त्रणका लागि गरिएको लकडाउन अन्त्यको घोषणा

मंगलबार, ६ साउन २०७७

मंगलबार, ६ साउन २०७७

काठमाडौं– कोरोना नियन्त्रणका लागि सरकारले चैत ११ गतेदेखि सुरु गरेको ‘लडाउन’को अन्त्य गरेको छ।



सोमबार बसेको मन्त्रिपरिषद् बैठकले साउन ६ गतेको मध्यरातदेखि लागू हुनेगरी लकडाउन अन्त्य गरेको सरकारका प्रवक्ता सूचना तथा सञ्चार प्रविधीमन्त्री युवराज खतिवडाले जानकारी दिए।

मंगलबार मन्त्रालयमा आयोजित साप्ताहिक पत्रकार सम्मेलनमा मन्त्री खतिवडाले मनोवैज्ञानिक त्रास कम गर्न लकडाउनको अन्त्य गरे पनि जोखिमको अवस्था हेरेर कतै निषेधित क्षेत्र घोषणा गर्न सकिने बताए।

साउन १५ बाट होटल खुल्ने

त्यस्तै सरकारले साउन १५ गतेबाट होटल तथा रेष्टुरेन्टहरु सञ्चालन गर्न अनुमति दिने भएको छ। तर सामूहिक भोज, पार्टीजस्ता गतिविधि भने गर्न नपाइने खतिवडाले जानकारी दिए।

उनका अनुसार ट्रेकिङ, ट्राभल र पर्वतारोहणसम्बधी कार्यालय पनि साउन १५ बाट खोल्न सकिनेछ।

लामो दूरीको यातायात भदौ १ गतेदेखि सञ्चालन गर्ने निर्णय सरकारले गरेको छ। मन्त्री खतिवडाले निजी सवारी साधानमा लगाउँदै आएको जोर विजोर प्रणाली हटेको पनि जानकारी दिए।

सार्वजनिक यातायात सञ्चालन भएकाले निजी सवारीको जोर विजोर हटाइएको उनको भनाइ छ।

भदौ १ देखि विद्यार्थी भर्ना खुल्ने

त्यस्तै सरकारले भदौ १ गतेदेखि विद्यार्थी भर्नालगायत शैक्षिक तथा परीक्षा सञ्चालन गर्ने निर्णय गरेको छ। भर्ना खुले पनि शैक्षिक संस्था भने सरकारले अर्को सूचना जारी नगरेसम्म बन्द नै रहने खतिवडाले बताए।

अझै के खुलेनन् ?
सरकारले शैक्षिक संस्था, विद्यालय, ट्युसन सेन्टर, जिमखाना, सबै प्रकारका भेला, सेमिनार गोष्ठी, मनोरञ्जन स्थल, सिनेमा घर, शैलुन, समूहमा खेलिने खेल र धार्मिक स्थलहरु ब्युटीपार्लर, पुस्तकालय, संग्रहालय र चिडियाखाना सहितका क्षेत्रलाई भने अझै खुला नगरिएको बताएको छ।

सरकारले गरेका निर्णयहरु

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट