‘चिसो वर्ष’को स्क्रिप्टलाई १ करोडको पुरस्कार-Sutra News

‘चिसो वर्ष’को स्क्रिप्टलाई १ करोडको पुरस्कार

सोमबार, ५ साउन २०७७

सोमबार, ५ साउन २०७७

काठमाडौं- निर्देशक मीन भामको नयाँ फिल्म ‘चिसो वर्ष’ले करिब १ करोेड ३ लाख रुपैयाँ बराबरको पुरस्कार जितेको छ।



निर्माण तयारीमा रहेको यो फिल्मले ‘टुवेल्फ पुन्टो स्क्रिप्ट ल्याब’बाट ७५ हजार युरोको पुरस्कार जितेको हो। छनोटमा परेको १२ स्क्रिप्टमध्ये तीन फिल्मले पुरस्कार पाएका थिए। जसमा मीनको ‘चिसो वर्ष’ पनि परेको हो।

मीनका अनुसारका उनका टर्किस निर्माताहरुले यो स्क्रिप्टमा प्रतिष्पर्धाका लागि ल्याबमा पठाएका थिए। यो ल्याबले हरेक वर्ष उत्कृष्ट स्क्रिप्टलाई पुरस्कार दिने गर्छ।

‘चिसो वर्ष’का लागि मीनले यसरी पुरस्कार पाएको पहिलोपल्ट होइन। यसअघि नै उनले जर्मनीको ‘ब्रेड फर द वर्ल्ड २०२०’बाट २७ लाख रुपैयाँ बराबरको पुरस्कार पाइसकेको छन्।

त्यस्तै नर्वेजियन निर्मातासँग मिलेर यसअघि ‘नर्वेजियन सरफन्ड’बाट स्क्रिप्टका लागि ६८ लाख रुपैयाँ प्राप्त गरिसकेका छन्।

Min Bham.jpg

सन् २०१८ मा उनको स्क्रिप्टले लोकार्नो ओपन डोर्सबाट पनि ८ लाख बराबरको पुरस्कार जितेको थियो। त्यसमा करिब ३ सयवटा स्क्रिप्ट प्रतिष्पर्धामा थियो। जसमध्ये ५ स्क्रिप्टले फिल्म निर्माणका लागि अनुदान पाएको थियो।

त्यस्तै सन् २०१७ मा ‘एसियन सिनेमा फन्ड’, सन् २०१९ मा ‘सिनेमाज डू मन्डे’, ‘टोरिनो फिचरल्याब’, ‘फेस्टिभल दि कान’, ‘एसियन प्रोजेक्ट मार्केट’बाट समेत उनले पुरस्कार जितेका छन्।

फिल्मका लागि ठूलो लगानी लाग्ने भन्दै मीनले विभिन्न पुरस्कारबाट गरेर करिब फिल्मको कुल बजेटको ७२ प्रतिशत रकम उठिसकेको बताएका छन्।

यो फिल्ममार्फत् उनले बहुुपति प्रथालाई पृष्ठभूूमिमा राखेर एउटा हिमाली गाउँको कथा भन्न खोजेका छन्। चार वर्ष लगाएर उनले यो फिल्मको स्क्रिप्ट सकाएका थिए। यो फिल्ममा हराएका आफन्तको खोजीमा निस्किएका दुुई पात्रको कथा छ।

कोरोना महामारी नआएको भए मीन यतिखेर यो फिल्मको प्रि–प्रोडक्सनमा व्यस्त भइरहेका हुन्थे। तर एक्कासी आइपुुगेको यो विश्वव्याधिका कारण आउँदो जनवरीसम्मका लागि उनले यो फिल्मको सबै काम स्थगित गरेका छन्।

तर, स्क्रिप्ट पुनर्लेखन गर्न भने छाडेका छैनन्। करिब २० पटक पनर्लेखन गरिसकेको दाबी गर्ने उनी स्क्रिप्टलाई अझै निखारेर परिपक्व बनाउन जुटिरहेका छन्।

यो फिल्मका लागि उनीसँग सिंगापुर, टर्की, सिंगापुर, फ्रान्स र नर्वेसहित ८ निर्माताले सहकार्य गरिरहेका छन्।

मीनले यसअघि माओवादी सशस्त्र द्वन्द्वको पृष्ठभूूमिमा कथित तल्लो र उपल्लो जातका कर्णालीका दुुई बालकको कथामा केन्द्रित रहेर ‘कालो पोथी’ निर्देशन गरेका थिए।

यो फिल्मले उनको परिचयलाई मात्रै होइन, नेपाली सिनेमालाई पनि अन्तर्राष्ट्रिय मञ्चमा चिनाएको थियो। अहिले ‘चिसो वर्ष’ त्यही पथमा हिँडिरहेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट