खुमलटारमा पूर्वमाओवादी निष्कर्ष : मंसिरमा महाधिवेशन असम्भव, केपी ‌ओलीले निकास दिनुपर्छ-Sutra News

खुमलटारमा पूर्वमाओवादी निष्कर्ष : मंसिरमा महाधिवेशन असम्भव, केपी ‌ओलीले निकास दिनुपर्छ

सोमबार, ५ साउन २०७७

सोमबार, ५ साउन २०७७

काठमाडौं- सत्तारुढ नेकपाका पूर्व माओवादी पक्षका स्थायी समिति सदस्यहरुको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा बसेको भेलाले मंसिरमा महाधिवशन गर्न नसक्ने निष्कर्श निकालेको छ।



पार्टी एकता भए पनि सांगठनिक एकताका काम बाँकी भएको भन्दै प्रचण्डले पूर्वमाओवादीको गुट नबनाउने तर विचारका हिसाबले बेलाबेला छलफल गर्दै जाने बताए। यसरी नै पूर्व एमालेसँग छलफल गर्ने उनको धारणा थियो।

प्रधानमन्त्री ओलीले केही दिनअघिको सचिवालय बैठकमा मंसिरमा अर्ली महाधिवेशन गर्ने प्रस्ताव ल्याएका थिए।

प्रधानमन्त्री ओलीकै कारण पार्टीभित्र विवाद देखिएको निचोड भेलाले निकालेको छ। ओलीले अहिलेको अवस्थामा पार्टी निर्णय मान्‍नुको विकल्प नरहेको भन्दै प्रचण्डले पार्टी सञ्चालनका लागि व्यक्ति केन्द्रित भएर नहुने भएकाले विधि र पद्धतिको आधारमा चल्नुपर्ने जोड दिए।

आइतबार बिहान पनि अध्यक्ष दाहालले वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खलान लगायतका नेताहरुसँग छलफल गरेका थिए। उनले आइतबारको छलफलमा पनि प्रधानमन्त्री ओलीसँग मंसिरमा महाधिवेशन गर्नेबारे कुनै सहमति नभएको जिकिर गरेका थिए। 

बैठकमा गृहमन्त्री रामबहादुर थापा बादल, उद्योगमन्त्री लेखराज भट्ट र जनार्दन शर्मा भने उपस्थित भएनन्। ४५ सदस्यीय नेकपा स्थायी समितिमा पूर्व माओवादी पक्षका १९ जना छन् भने बाँकी पूर्व एमाले पक्षका २४ जना छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट