अरनिको यातायात समितिका गाडी सञ्चालनमा-Sutra News

अरनिको यातायात समितिका गाडी सञ्चालनमा

सोमबार, ५ साउन २०७७

सोमबार, ५ साउन २०७७

सिन्धुपाल्चोक- बन्दाबन्दीपछि जिल्लामा सार्वजनिक सवारी साधन सञ्चालनमा आएको छ। सरकारी निर्णयानुसार जिल्लाभित्र चल्ने गरी सवारी साधन सञ्चालनमा आएका हुन्।



गत चैत ११ गते लागू भएको लकडाउनपछि सवारी साधन सञ्चालन गर्न थालिएको यातायात व्यवसायीले बताएका छन्।

कोरोनाको सङ्क्रमणको त्रासले समस्या उत्पन्न भए पनि सर्वसाधारणको समस्यालाई केन्द्रित गरेर सवारी सञ्चालनमा ल्याउन लागिएको अरनिको यातायात समिति जलविरेका कर्मचारी खगेन्द्र थापाले जानकारी दिए।

जिल्लाभरि छोटा दूरीका सार्वजनिक यातायात सञ्चालनका लागि सामाजिक दूरी कायम राखी मास्क, सेनिटाइजरलगायत सुरक्षा विधि अपनाएर मात्रै गाडी चढ्न पाइनेछ।

लामो समयपछि सञ्चालन भएको र मापदण्ड पूरा गरी यात्रु बोक्नु परेकाले सरकारले बसको भाडादर भने साविकभन्दा ५० प्रतिशतले वृद्धि गरेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट