भोलिदेखि सार्वजनिक यातायात चल्ने-Sutra News

भोलिदेखि सार्वजनिक यातायात चल्ने

आइतबार, ४ साउन २०७७

आइतबार, ४ साउन २०७७

काठमाडौं- सरकारको निर्णयअनुसार सोमबारबाट सार्वजनिक यातायात सञ्चालन गर्न व्यवसायीहरु तयार भएका छन्।



सरकारले असार २६ गते सवारी सञ्चालन गर्ने निर्णय गरेपछि विभिन्न माग राख्दै आएका व्यवसायीहरु सोमबारबाट यातायात सञ्चालन गर्न तयार भएका हुन्।

यातायात व्यवस्था विभागमा आज भएको छलफलमा व्यवसायीहरु सवारीसाधन सञ्चालनका लागि तयार भएका हुन्।

सरकारी निर्णय अनुसार व्यवसायी र यातायात मजदुरहरुका प्रतिनिधिहरुसँगको छलफलपछि उनीहरु सञ्चालन गर्न तयार भएको यातायात व्यवस्था विभागले जनाएको छ।

सार्वजनिक यातायात केन्द्रीय महासंघका वरिष्ठ उपाध्यक्ष किरणकुमार रिजालले व्यवसायीहरुले उठाउँदै आएका मागहरु मौद्रिक नीतिमार्फत् समेटिएकाले यातायात सञ्चालन गर्ने निर्णय भएको बताए।

अहिले अन्तरजिल्लामा मात्रै यातायात सञ्चालन हुनेछन्। उपत्यकाको हकमा काठमाडौं, ललितपुर र भक्तपुरमा सञ्चालन हुनेछन्।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट