कोरोनाबाट भारतमा एकैदिन करिब ३९ हजार सङ्क्रमित, ५४३ को मृत्यु-Sutra News

कोरोनाबाट भारतमा एकैदिन करिब ३९ हजार सङ्क्रमित, ५४३ को मृत्यु

आइतबार, ४ साउन २०७७

आइतबार, ४ साउन २०७७

नयाँ दिल्ली- भारतमा विगत २४ घण्टामा अहिलेसम्मकै धेरै ३८ हजार ९०२ व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएको संघीय स्वास्थ्य मन्त्रालय तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ।



योसँगै भारतमा सङ्क्रमितको सङ्ख्या १० लाख ७७ हजार ६१८ पुगेको छ।

विगत २४ घण्टामा सङ्क्रमित ५४३ विरामीको मृत्यु भएसँगै यो महामारीका कारण भारतमा मृत्यु हुनेको सङ्ख्या २६ हजार ८१६ पुगेको मन्त्रालयले पुष्टि गरेको छ।

भारतमा आइतबारसम्म निकोभई घर फर्किने सङ्क्रमित विरामीको सङ्ख्या छ लाख ७७ हजार ४२३ पुगेको छ भने अझै तीन लाख ७३ हजार ३७९ व्यक्ति सङ्क्रमित रहेका छन्।

सबैभन्दा बढी प्रभावित भारतीय राज्य महाराष्ट्रमा शनिबारसम्म तीन लाख ९३७ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ।

भारतीय चिकित्सा अनुसन्धान परिषद् (आईसीएमआर) का अनुसार जुलाई १८ सम्म भारतमा कोभिड–१९ सङ्क्रमण परीक्षणका लागि एक करोड ३४ लाख ३३ हजार ७४२ नमूना परीक्षण गरिएको छ भने यसमध्ये शनिबार तीन लाख ६१ हजार २४ व्यक्तिको कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट