स्थायी कमिटी बैठकअघि खुमलटारमा प्रचण्ड पक्षीय नेताको छलफल-Sutra News

स्थायी कमिटी बैठकअघि खुमलटारमा प्रचण्ड पक्षीय नेताको छलफल

आइतबार, ४ साउन २०७७

आइतबार, ४ साउन २०७७

काठमाडौं– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को जारी स्थायी कमिटी बैठक बस्नुअघि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा उनीसहितका नेताहरुबीचको बैठक सुरु भएको छ।



खुमलटार बैठकमा सहभागी एक स्थायी कमिटी सदस्यका अनुसार प्रचण्ड पक्षीय नेताहरुबीच छलफल भइरहेको छ।

बिहान ९ बजेदेखि सुरु भएको बैठकमा प्रचण्ड, झलनाथ खनाल, माधव नेपाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ सहभागी छन्।

बैठकमा उनीहरुनिकट स्थायी कमिटीमा सदस्यहरु पनि उपस्थित भएका छन्।

जारी विवादकैबीच शनिबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री तथा पार्टीका अर्का अध्यक्ष केपी ओलीको मंसिरमा महाधिवेशन गर्ने प्रस्तावमा प्रचण्डले सहमति जनाएका थिए।

१० असारदेखि जारी स्थायी कमिटी बैठक आज पुनः बस्दैछ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट