सचिवालय बैठक सकिएलगत्तै ‌ओली र प्रचण्ड शीतल निवासमा-Sutra News

सचिवालय बैठक सकिएलगत्तै ‌ओली र प्रचण्ड शीतल निवासमा

शनिबार, ३ साउन २०७७

शनिबार, ३ साउन २०७७

सत्तारुढ नेकपाको सचिवालय बैठक सकिएलगत्तै प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शीतलनिवासतर्फ लागेका छन्।



अध्यक्षद्वयसँगै विष्णु पौडेल र जनार्दन शर्मा पनि राष्ट्रपति भवन शीतलनिवास गएको स्रोतले जानकारी दियो।

दिउँसो ३ बजेदेखि बसेको नेकपा सचिवालय बैठक साढे ४ घन्टा चलेको थियो। दुई अध्यक्षबीच सहमति नभएपछि शुक्रबार स्थायी कमिटी स्थगित गरेर सचिवालय बैठक डाकिएको थियो। स्थायी कमिटी बैठक भोलि आइतबार ३ बजेलाई बोलाइएको छ।

भोलिको स्थायी कमिटी बैठक समयतालिका अनुसारै बस्ने नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्‍ठले जानकारी दिए।

बैठकपछि सञ्चाकर्मीसँग कुरा गर्दै प्रवक्ता श्रेष्‍ठले पार्टी विवादलाई थप छलफल गरेर टुंग्याउने निर्णय भएको जानकारी दिए।

पार्टीको आन्तरिक संकटलाई सहमतिका आधारमा कसरी सम्बोधन गर्ने भन्नेबारे दुई अध्यक्ष र अरु नेताहरुले गृहकार्य गरिरहेको उनले बताए।

‘पार्टीको समग्र समस्याको बारेमा छलफल भएको हो। आजको छलफल राम्रोसँग भएको छ। तर विवाद समाधान भएको छैन। दुई अध्यक्षले सहमतिमा विवाद टुंग्याउने सहमति भएको छ,’ उनले भने।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट