पछिल्लो २४ घन्टामा १०१ जनामा कोरोना संक्रमण, २८५ जना डिस्चार्ज-Sutra News

पछिल्लो २४ घन्टामा १०१ जनामा कोरोना संक्रमण, २८५ जना डिस्चार्ज

शुक्रबार, २ साउन २०७७

शुक्रबार, २ साउन २०७७

काठमाडौं–नेपालमा थप एक सय १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २ सय ८५ जना डिस्चार्ज भएका छन्।



स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले नियमित ब्रिफिङमा विगत २४ घण्टामा ४ हजार ६ सय ८८ पिसिआर नमूना परीक्षण गर्दा एक सय १ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए।

योसँगै नेपालमा संक्रमित हुनेहरुको संख्या १७ हजार ४ सय ४५ पुगेको छ भने मृत्यु हुनेको संख्या ४० पुगेको छ।

त्यस्तै विभिन्न अस्पतालबाट ११ हजार ५ सय ३४ जना निको भई डिस्चार्ज भएका छन्। मन्त्रालयका अनुसार अहिलेसम्म ६६.१२ प्रतिशत कोरोना संक्रमित निको भई घर फर्किएका छन्।

मन्त्रालयका अनुसार क्वारेन्टीनमा रहनेको संख्या २२ हजार ७ सय ५६ पुगेको छ भने ५ हजार ८ सय ७१ आइसोलेसनमा रहेका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट