जुनसुकै बैंकका एटिएम प्रयोग गर्दा पैसा नलाग्ने-Sutra News

जुनसुकै बैंकका एटिएम प्रयोग गर्दा पैसा नलाग्ने

शुक्रबार, २ साउन २०७७

शुक्रबार, २ साउन २०७७

काठमाडौं–अबदेखि अन्तर बैंकिङ कारोबारमा अतिरिक्त शुल्क नलाग्ने भएको छ।



राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत चालू आर्थिक वर्षदेखि जुनकुनै अन्तर बैंकिङ कारोबारमा अतिरिक्त शुल्क नलाग्ने गरी व्यवस्था गरेको छ।

यसअघि अन्तर बैंकिङ कारोबारमा अतिरिक्त शुल्क लाग्दै आएको थियो। कोभिड–१९ सँगै मुलुक गत चैत्र ११ गते देखि लकडाउनमा गएसँगै बैंकहरुले स्वत अन्तर बैंकिङ् कारोबारमा अतिरिक्त शुल्क नलाग्ने व्यवस्था गरेको थियो।

तर गत बुधबारको बैंकर्स संघको बैंठकले अतिरिक्त शुल्क लिने नलिने निर्णय स्वयम बैंकहरुकै जिम्मा दिएसँगै शुल्क लाग्न सक्ने आंकलन गरिएको थियो।

सो निर्णय भएको दुई दिन पश्चात नै राष्ट्रबैंकले पैसा नलाग्ने गरी मौद्रिक नीतिमार्फत सम्बोधन गरेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट