मौद्रिक नीति सार्वजनिक, मूल्य वृद्धि ७ प्रतिशतमा सीमित गरिने-Sutra News

मौद्रिक नीति सार्वजनिक, मूल्य वृद्धि ७ प्रतिशतमा सीमित गरिने

शुक्रबार, २ साउन २०७७

शुक्रबार, २ साउन २०७७

काठमाडौं- नेपाल राष्ट्र बैंकले आज चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ। बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोरोनाका कारण अर्थतन्त्रमा परेको प्रभावलाई न्यून गर्ने लक्ष्यका साथ नीति केन्द्रित गरिएको बताए।



सरकारले चालू आर्थिक वर्षमा सात प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेको छ। त्यही लक्ष्यलाई पूरा गर्न नीतिमा केही विषय समावेश गरिएको छ।

अधिकारीले सार्वजनिक गरेको मौद्रिक नीतिमा मूल्य वृद्धि ७ प्रतिशतमा कायम गर्ने लक्ष्य राखिएको छ। राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिमा चालु आर्थिक वर्षमा सात महिनाको वस्तु तथा सेवा खरिद गर्न पुग्‍ने गरी विदेशी मुद्राको सञ्‍चिती राख्‍ने लक्ष्य पनि राखेको छ।

यो पटक राष्ट्र बैंकले कर्जा विस्तार लक्ष्य २० प्रतिशत राखेको छ। गत वर्ष यो लक्ष्य १३ प्रतिशतमा सीमित भएको थियो। बैंकले ब्याजदरको करिडोर तल्लो सीमा एक प्रतिशत र रिपोलाई ३ प्रतिशतमा झारेको छ।

राष्ट्र बैंकले सीआरआर, एसएलएफ र बैंक दर ५ प्रतिशत यथावत राखेको छ। यो पटकको मौद्रिक नीतिमा कृषि विकास बैंकलाई कृषि क्षेत्रमा अगुवा बैंकका रुपमा अगाडि सारिने भएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट