सुनको मूल्यमा नयाँ रेकर्ड-Sutra News

सुनको मूल्यमा नयाँ रेकर्ड

बिहिबार, १ साउन २०७७

बिहिबार, १ साउन २०७७

काठमाडौं- बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य लगातार बढ्दै गएपछि त्यसको प्रत्यक्ष प्रभाव स्थानीय बजारमा पर्न गएको हो । लकडाउन खुकुलो भएसँगै उकालो लाएको सुनको मूल्यले बुधबार नयाँ रेकर्ड कायम गरेर प्रतितोला ९२ हजार ८ सय पुगेको हो ।



लकडाउन खुकुलो भएसँगै पछिल्लो एक महिनायता कारोबार पुनः खुला भएको सुनचाँदीको मूल्य उकालो लाग्ने क्रमले बुधबार नयाँ रेकर्ड कायम गरेको छ । मंगलबार प्रतितोला ९२ हजार दुई सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य बुधबार तोलामा ६ सय रुपैयाँ बढेर ९२ हजार ८ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

स्थानीय बजारमा बुधबारको मूल्य यो महँगो धातुका लागि अहिलेसम्मकै सर्वाधिक हो । यसअघि सुन तोलाको ९२ हजार ७ सय रुपैयाँसम्म पुगेको थियो । अन्तराष्ट्रिय बजारमा मूल्य बढेकाले त्यसको प्रभाव स्थानीय बजारमा पर्न गएको सुनचाँदी व्यवसायी तेजरत्न शाक्यले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट