बेलायतको प्रधानमन्त्री निवासमा मनिषाको उपस्थितिले बढाएको चर्चा !-Sutra News

बेलायतको प्रधानमन्त्री निवासमा मनिषाको उपस्थितिले बढाएको चर्चा !

बुधबार, ९ जेष्ठ २०८१

बुधबार, ९ जेष्ठ २०८१

काठमाडौं । ९० को दशककी चर्चित अभिनेत्री मनिषा कोइराला आफ्नो सुन्दर स्टाइल र दमदार अभिनयका लागि परिचित छिन् । ‘१९४२ : ए लभ स्टोरी’, ‘मन’, ‘गुप्त’, ‘सौदागर’ र ‘कच्चे धागे’ जस्ता सुपरहिट फिल्म दिएकी मनिषा अहिले सञ्जय लीला भन्सालीको वेब सिरिज ‘हिरामाण्डी’ को कारण चर्चामा छिन् । यो सिरिजमा उनले मल्लिकाजनको भूमिका निर्वाह गरेर लामो समयपछि पर्दामा दमदार कमब्याक गरेकी छिन् । उनको सर्वत्र प्रशंसा भइरहेको छ ।



यसैबीच, अभिनेत्री काेइराला हालै लण्डन पुगेकी छिन् । जहाँ उनले बेलायतका प्रधानमन्त्री ऋषि सुनकसँग भेट गरेकी छिन् ।

अभिनेत्री कोइरालाले बेलायतका प्रधानमन्त्री ऋषि सुनकसँगको भेटका केही तस्विरहरु आफ्नो सामाजिक सञ्जालमा शेयर गरेकी छिन्, जसले मानिसहरुको ध्यान तानिरहेको छ । उनले बेलायतको १० डाउनिङ स्ट्रिटस्थित प्रधानमन्त्री निवासमा प्रधानमन्त्री सुनकसँग भेट गरेकी थिइन् ।

अभिनेत्रीले मे २२ मा इन्स्टाग्राममा केही तस्विरहरू सेयर गरेकी छिन्, जसमा उनी ऋषि सुनकसँग मुस्कुराउँदै च्याट गरिरहेकी छिन् । अर्को तस्बिरमा दुवैजना जर्सीमा ‘सुनक १०’ लेखिएको पोज दिइरहेका छन् । यस क्रममा अभिनेत्री कालो–गोल्डेन साडी लगाएकी थिइन् ।

नेपाल र बेलायतबीचको मैत्री सन्धिको सय वर्ष पूरा भएको अवसरमा बेलायती प्रधानमन्त्री निवासमा कार्यक्रम गरिएकाे थियाे । जसका लागि मनिषा कोइराला नेपालको प्रतिनिधि भएर बेलायत पुगेकी थिइन् । मनिषा नेपालकी एक मात्र अभिनेत्री हुन्, जसको बलिउडमा पनि उपस्थिति छ ।

अभिनेत्री काेइरालाले लण्डनमा प्रधानमन्त्री सुनकसँगको भेटको तस्बिर पोस्ट गर्दै लेखेकी छिन्, ‘युनाइटेड किंगडम–नेपाल सम्बन्ध र हाम्रो मैत्री सन्धिको १०० वर्ष पूरा भएको अवसरमा १० डाउनिङ स्ट्रिटमा आमन्त्रित हुन पाउनु ठूलो सम्मानको कुरा हो । प्रधानमन्त्री सुनक र उहाँको परिवारलाई सगरमाथा आधार शिविर भ्रमण गर्न निम्तो दिएँ।’

प्रधानमन्त्री सुनकसँग अभिनेत्री कोइरालाको भेटलाई धेरैले अर्थपूर्ण मानेका छन् । यसले नेपाल–बेलायत सम्बन्धमा बल पुग्ने धेरैको विश्लेषण छ ।

आजकल सञ्जय लीला भन्सालीको नेटफ्लिक्स वेब सिरिज हीरामंडीलाई धेरै मन पराइँदैछ । यसको कथा भारत-पाकिस्तान विभाजन अघि लाहोरका गणिकाहरूको जीवनमा आधारित छ।

यसमा मनिषा कोइरालाले मल्लिकाजानको भूमिका खेलेर दर्शकको मन जितेकी छिन् । सिरिजमा सोनाक्षी सिन्हा, अदिति राव हैदरी, ऋचा चड्डा, सञ्जीदा शेख र शर्मीन सहगलको मुख्य भूमिका छ ।

 

View this post on Instagram

 

A post shared by Manisha Koirala (@m_koirala)

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट