

काठमाडौं । कपिल शर्माको पछिल्लो भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । यस भिडियोमा फराह खान र अनिल कपूर कपिलको शोमा रमाइलोको मुडमा छन् ।
यस क्रममा फराहले बलिउडको सबैभन्दा ठूलो कञ्जुस को हो ? भन्ने खुलासा गरेकी छन् । यसपटक अनिल कपुर र फराह खान शोमा सँगै पुगेका थिए । जसको प्रोमो भिडियो भाइरल भइरहेको छ । जसमा फराह खानले बलिउडको सबैभन्दा ठूलो कञ्जुसको खुलासा गरेकी छन् ।
यस प्रोमो भिडियोमा कपिल शर्मा र उनको टोली अनिल कपुर र फराह खानसँग रमाइलो गरिरहेका छन् । यसैबीच कपिलले सोधे अनिल र फराहमा सबैभन्दा कञ्जुस व्यक्ति को हो ? जवाफमा फराहले हामी दुवै कञ्जुस छैनौँ । तर, म तपाईलाई भन्न सक्छु कि उद्योगमा सबैभन्दा कञ्जुस व्यक्ति को हो ? भनेर जवाफ दिएकी थिइन् ।
फराह अघि भन्छिन्, ‘म तपाईलाई भन्न सक्छु इन्डस्ट्रीमा सबैभन्दा कञ्जुस व्यक्ति को हो ?’
हाम्रो क्षेत्रमा एकै व्यक्ति छ- त्यो कञ्जुस च्वाङ्की पाण्डे हन् । अहिले पनि मेरो फोन ल्याउ म उसलाई ५०० सय माग्छु । त्यसपछि उनले च्वाङ्की पाण्डेलाई कल गर्छिन् र मलाई ५०० रुपैयाँ चाहियो भन्छिन् । जवाफमा छैन, एटिएममा जाउ भन्छ । त्यसपछि फराहले फेरि कमसेकम मलाई ५० रुपैयाँ त देउ भन्छिन् । यस्तोमा उनले च्वाङ्कीले किन चाहियो भन्दै टार्छन् ।’
यो मजाक र मस्तीको भिडियो अहिले भाईरल भइरहेको छ ।