भविन ढुंगानाको स्वर र संगीतमा गजल ‘हावा नभन्नु प्यारी’-Sutra News

भविन ढुंगानाको स्वर र संगीतमा गजल ‘हावा नभन्नु प्यारी’

बुधबार, ९ जेष्ठ २०८१

बुधबार, ९ जेष्ठ २०८१

काठमाडाैं । गजल संगीतको बजारमा नयाँ गजल ‘हावा नभन्नु प्यारी’ सार्वजनिक भएको छ ।  कुनै समय गीतहरू मनले सुनिन्थ्यो र मन्त्रमुग्ध भएर शब्द, सङ्गीत र स्वरको आनन्द लिइन्थ्यो तर आजकल गीतहरू सुनिदैनन्, हेरिन्छन्। बजारमा हेर्ने गीतहरूको बिगबिगी छ। मान्छेहरू देखावटीपनमा रमाउन थाले, आत्मिक आनन्द भुलेर। साहित्य र सङ्गीतको सक्कली विशेषता गहिरो स्पर्श हो, सतही होहल्ला होइन। तर, मान्छे क्षणिक सुखको प्यासी बन्यो। अन्तत: पानीको तिर्खा बियरले नमेटिएपछि प्रकृतिको साश्वत सत्यमै फर्किनुको विकल्प रहन्न।



संगीत मर्मज्ञ संगीतकार एवं गायक भविन ढुंगानाको आवाज रहेको यो प्रणयपरक रोमाञ्चक गजलको अडियो-भिडियो हालै सार्वजनिक भएको हो । गजलको शास्त्रीय मूल्य र मान्यतालाई पूर्ण रूपमा पालना गरेर लेखिएको र संगीतबद्ध गरि गाइएको यस गजलले नेपाली गजल संसारमा गजलको उचाइलाई थप उँचो बनाउने प्रक्षेपण गरिएको छ ।

रचना, संगीत तथा गायनका हिसाबले अब्बल यस गजलले दर्शक श्रोतालाई मन्त्रमुग्ध बनाउन थालिसकेको छ । गजलकार डा. प्रदिप कुमार मैनालीद्वारा रचना गरिएको यो गजलका संगीतकार गायक ढुंगाना नै हुन् ।

चर्चित गजल ‘के लत बस्यो मलाई’ का गजलकारका रूपमा ख्याति कमाइसकेका गजलकार मैनाली नेपाली सांगीतिक गजलको स्वर्णयुगको सुरुवात भएको जिकिर गर्छन् । उनी नेपाल गजल प्रतिष्ठानका सल्लाहकार पनि हुन् ।

गायक ढुंगाना ललितकला क्याम्पसका संगीत अध्यापक हुन् भने उनले राष्ट्रिय टेलिभिजनमा प्रशारण भैसकेका ‘भ्वाइस अफ नेपाल’ जस्तो प्रतिष्ठित सांगीतिक रियालिटी सोमा टिम दिपका एड्भाइजर एवं कार्यक्रम ‘मेरो भ्वाइस युनिभर्स’ मा डाइरेक्टरको भूमिका निर्वाह गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट