कांग्रेसको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक शुरु-Sutra News

कांग्रेसको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक शुरु

बुधबार, ९ जेष्ठ २०८१

बुधबार, ९ जेष्ठ २०८१

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक सुुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक सुरु भएको हो ।



पार्टी मुख्यालय सानेपा ललितपुरमा सुरु भएको बैठकमा सभापति शेरबहादुर देउवासहित पदाधिकारी, केन्द्रीय सदस्यहरू, प्रतिनिधिसभा सांसदहरू र राष्ट्रियसभा सांसदहरू पुगेका छन् ।

समसामयिक राजनीतिक घटनाक्रम, सदनमा कांग्रेसले उठान गर्दै आएको सहकारी प्रकरणमा संसदीय छानबिन र पार्टीका आन्तरिक विषयबारे छलफल गरी धारणा बनाउन बैठक बस्न लागेको हो ।

कांग्रेसले सहकारीको रकम हिनामिनाको आरोप लागेका उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेसहित हिनामिनामा संलग्नलाई संसदीय छानबिन समिति गठन गरी कारबाही गर्नु पर्ने माग राख्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट