कोशीका मुख्यमन्त्रीविरुद्धको रिट ढुंगाना र ढकालको इजलासमा-Sutra News

कोशीका मुख्यमन्त्रीविरुद्धको रिट ढुंगाना र ढकालको इजलासमा

बुधबार, ९ जेष्ठ २०८१

बुधबार, ९ जेष्ठ २०८१

काठमाडौं । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कार्कीविरुद्ध दायर भएको रिटमा आजबाट सुनुवाइ हुँदै छ । रिट सुनुवाइका लागि सर्वोच्चका न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र बालकृष्ण ढकालको इजलासमा पेसी परेको छ ।



निर्वतमान मुख्यमन्त्री केदार कार्कीले वैशाख २७ गते सर्वोच्च अदालतमा दायर गरेको रिटको सुनुवाइ पूर्ण इजलासमा सुनुवाइ हुनेछ । यसअघि सर्वोच्चको एकल इजलासले अन्तरिम आदेश जारी गर्न अस्वीकार गर्दै दुवै पक्षलाई छलफलमा बोलाएको थियो ।

प्रदेश प्रमुख पर्शुराम खापुङले वैशाख २५ गतेसम्म विश्वासको मत नलिएको भन्दै कार्कीको स्थानमा एमालेका कार्की मुख्यमन्त्री बनेका थिए ।

२७ वैशाखमा एमाले र माओवादी केन्द्रका ५२ सांसदको समर्थनमा एमाले संसदीय दलका नेता कार्की मुख्यमन्त्री बनेका थिए । ३१ वैशाखमा विश्वासको मत लिएका कार्कीले सरकार पनि विस्तार गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट