दुबईमा सिटी एक्सप्रेसको सांगीतिक कार्यक्रम : मुन्द्रेदेखि अन्जली अधिकारीसम्मले झुमाए दर्शक-Sutra News

दुबईमा सिटी एक्सप्रेसको सांगीतिक कार्यक्रम : मुन्द्रेदेखि अन्जली अधिकारीसम्मले झुमाए दर्शक

बुधबार, ९ जेष्ठ २०८१

बुधबार, ९ जेष्ठ २०८१

काठमाडाैं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले युएईको दुबईमा सांगीतिक कार्यक्रम सम्पन्न गरेको छ । ‘उत्सव र उमङ्ग, सिटी एक्सप्रेस सँग’ नारासहित आयोजित कार्यक्रमको उद्घाटन सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डनले गरेका थिए ।



टण्डनले वैधानिक प्रणालीबाट पैसा पठाउन आग्रह गर्दै यसरी पठाएको पैसाले राष्ट्रलाई ठूलो सहयोग पुर्‍याएको बताए ।

कार्यक्रममा टण्डनले सिटी एक्सप्रेस मनी ट्रान्सफरले विदेशमा रहेका नेपालीहरुको कमाईलाई सुरक्षित रुपमा पठाउन सहयोग गर्न पाउँदा आफूलाई खुशी लागेको बताए । साथै, कार्यक्रममा सहभागी सबैलाई धन्यवाद दिंदै नेपालीहरूको मनोरञ्जनका लागि यस्ता कार्यक्रम आयोजना गर्दा थप सन्तुष्टि मिलेको पनि उनले व्यक्त गरे ।

सांगीतिक कार्यक्रमले क्लबलाई उल्लासमय बनाएको थियो। नेपालका प्रसिद्ध कलाकारहरुले आफ्ना प्रस्तुति दिएर दर्शकलाई मन्त्रमुग्ध पारे । हाँस्य कलाकार तथा सिटी एक्सप्रेस मनि ट्रान्सफरका ब्रान्ड एम्बेसडर मुन्द्रे अर्थात जितु नेपालको प्रस्तुति दर्शकले रुचाएका थिए । यस्तै, गायिका मिलन नेवारको स्वरले कार्यक्रमलाई थप भव्य बनाएको थियो ।

यस्तै, लोक दोहोरी गायक खेम सन्चुरी र गायिका शान्ती श्री परियारले गीतमार्फत् उत्कृष्ट प्रस्तुति दिएका थिए भने कलाकार अन्जली अधिकारीले विशेष प्रस्तुति दिएकी थिइन् ।

आफ्नो ग्राहक वर्ग तथा युएईस्थित सम्पूर्ण नेपालीलाई मनोरञ्जन दिलाउने हेतुले यो कार्यक्रम आयोजना गरिएको सिटी एक्सप्रेस मनि ट्रान्सफरले जनाएको छ । सिटी एक्सप्रेस मनि ट्रान्सफरले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै विगत १७ वर्षदेखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट