बोलेरोको ठक्करबाट तीन युवाको मृत्यु, एक जना पक्राउ-Sutra News

बोलेरोको ठक्करबाट तीन युवाको मृत्यु, एक जना पक्राउ

बुधबार, १२ बैशाख २०८१

बुधबार, १२ बैशाख २०८१

काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षी–झिलझिले खण्डमा बोलेरोले मोटरसाइकललाई ठक्कर दिँदा तीन जनाको मृत्यु भएको छ ।



जिल्लाको कमल गाउँपालिका ४ का तीन युवकले ज्यान गुमाएको प्रहरीले जनाएको छ । मोटरसाइकलमा सवार २६ वर्षीय मौसम राई, २५ वर्षीय युनिस भण्डारी र १७ वर्षीय सरोज रेग्मीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

मृत्यु भएका तीनै जना कमल गाउँपालिका ४ अमलडाँगीका भएको कमल गाउँपालिका अध्यक्ष हुकुमसिंह राईले बताए । पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश १-००१-००१ च ९३२९ नम्बरको बोलेरोले तीन जना सवारविपरीत दिशातर्फ गइरहेको मे ३ प ५००१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

दुर्घटनामा परी गम्भीर घाइते भएका तीनै जनालाई विएण्डसी अस्पताल विर्तामोडमा लगिएकोमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णकुमार चन्दले बताए ।

जिप चालकलाई इलाका प्रहरी कार्यालय झिलझिलेले नियन्त्रणमा लिएर अनुसन्धान प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट