भद्रपुर दुर्घटना : मोटरसाइकलमा सवार तीनै जनाको मृत्यु-Sutra News

भद्रपुर दुर्घटना : मोटरसाइकलमा सवार तीनै जनाको मृत्यु

बुधबार, १२ बैशाख २०८१

बुधबार, १२ बैशाख २०८१

भद्रपुर । झापाको शिवसताक्षी–८ झिलझिलेमा आज बिहान भएको सडक दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।



पूर्वपश्चिम राजमार्गअन्तर्गत दमकबाट सुरुङ्गातर्फ जाँदै गरेको मे ३ प ५००१ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्र.१–०१–००१ च ९३२९ नम्बरको जीप एकआपसमा ठोक्किदा मोटरसाइकलमा सवार तीनै जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णकुमार चन्दले जानकारी दिए ।

उनीहरूको उपचारका क्रममा मृत्यु भएको हो । जीप चालकलाई इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान थालेको छ ।

मृतकको सनाखत भने हुन बाँकी रहेकाे चन्दले जनाए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट