सुत्केरी महिलालाई अस्पताल लैजाँदा ढिला गर्दा मृत्यु, सकुशल जन्मिए बच्चा-Sutra News

सुत्केरी महिलालाई अस्पताल लैजाँदा ढिला गर्दा मृत्यु, सकुशल जन्मिए बच्चा

सोमबार, १० बैशाख २०८१

सोमबार, १० बैशाख २०८१

काठमाडौं । हुम्लाको मध्य भेगमा रहेको सर्केगाड गाउँपालिका ७ रोडिकोटमा सुत्केरी भएको केही समयपछि एक महिलाले ज्यान गुमाएकी छन् ।



स्वास्थ्य चौकीमा प्रसूति गराउन पुगेकी २८ वर्षीया रिता देवकोटाको आइतबार राति रोडिकोट स्वास्थ्य चौकीमा मृत्यु भएको हो । उनले बच्चालाई जन्म दिएको करिब एक घण्टापछि मृत्यु भएको हो ।

मृतक देवकोटालाई शुक्रबारदेखि पानी बग्ने समस्या देखिए पनि आफन्तले ढिला गरी स्वास्थ्य चौकी लैजाँदा समस्या भएको स्वास्थ्य चौकीका इञ्चार्ज टीका बोहराले बताइन् ।

इञ्चार्ज बोहराका अनुसार, आफन्तले भूतप्रेत लागेको भन्दै सुत्केरी ब्यथाले च्यापेको एक दिनपछि मात्रै स्वास्थ्य चौकीमा ल्याउँदा समस्या भएको हो ।

रोडिकोट स्वास्थ्य चौकीमा कार्यरत अनमीलगायत सबै स्वास्थ्यकर्मी लागेर रातिको १०ः३० बजे बच्चा जन्माउन सफल भए पनि त्यसको केही समयपछि देवकोटाको मृत्यु भएको हो ।

उनले भनिन्, “बच्चा जन्माउनु अगाडि रगत बग्ने समस्या थियो, बच्चा जन्माएपछि रगत बग्न रोकिए पनि त्यसको केही समयपछि मृत्यु भयो ।”

यसअघि देवकोटालाई सर्केगाड स्वास्थ्य शाखामा उपचार गराउँदा समस्या रहेको बताउँदा परिवारले कुनै चासो नराखेको स्वास्थ्यकमीको भनाइ छ । देवकोटाले पहिलो सन्तानका रुपमा छोरीलाई जन्म दिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट