लेक लागेर विरामी भएका चार विदेशी पर्यटकको उद्धार-Sutra News

लेक लागेर विरामी भएका चार विदेशी पर्यटकको उद्धार

सोमबार, १० बैशाख २०८१

सोमबार, १० बैशाख २०८१
काठमाडौं । विकट जिल्ला मनाङ पुगेका चार विदेशी पर्यटकसहिच पाँच जना लेक लागेर बिरामी परेपछि उद्धार गरिएको छ । आज मनास्लु पदमार्गअन्तर्गत नासों गाउँपालिका ७ भिमताङबाट उनीहरुको उद्धार गरिएको हो ।
लार्केपास गइरहेका पाँच पर्यटकको उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेले जानकारी दिए । उनका अनुसार भिमताङबाट हेलिकप्टरमार्फत पर्यटकको उद्धार गरिएको हो । चामेमा ल्याएर सामान्य उपचारपछि काठमाडौं ल्याइएको छ ।
साउथ अफ्रिकाका दुई, न्युजिल्याण्डका दुई र एक जना पथप्रदर्शकको उद्धार गरिएको प्रजिअ लामिछानेले जानकारी दिए । लेक लागेर पर्यटक बिरामी भएपछि हेलिकप्टरमार्फत उद्धार गरी उपचारका लागि लगिएको उनको भनाइ थियो ।
उनले भने, “तापक्रम नमिल्दा बिरामी पर्न सक्ने भएकाले पर्यटक सचेत भएर आउन मेरो आग्रह छ, यहाँको यात्रामा सवारी साधनको उपलब्धताको अभाव रहेकाले सचेतता अपनाउनु पर्छ ।”

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट