एमालेको समारोहमा प्रचण्डले भने- हतारमा, हौसिएर एकता गर्नु छैन-Sutra News

एमालेको समारोहमा प्रचण्डले भने- हतारमा, हौसिएर एकता गर्नु छैन

सोमबार, १० बैशाख २०८१

सोमबार, १० बैशाख २०८१

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कुनै एउटा दलले मात्रै देशको परिवर्तन नगरेको बताएका छन् । सत्तारुढ दल नेकपा एमालेको ७५ वर्ष पूरा भएको अवसरमा हीरक महोत्सवमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।



प्रधानमन्त्री प्रचण्डले भने, ‘देशको यो परिवर्तन कुनै एउटा दलले मात्रै गरेको होइन, सबै दलले आफ्नै तरिकाले बलिदान गरेको छ, कसैले धेरै कसैले थोरै भन्ने मात्रै हो ।’

सम्बोधनमा उनले जनतालाई सामाजिक न्याय दिने सबैको अपेक्षा भएकाले एकै बनेर काम गर्नु पर्ने बताए । ‘अबको २५ वर्षपछि हामी १०० वर्षको हुनेछौँ, कम्युनिष्ट पार्टी स्थापना भएको १०० वर्ष पूरा हुनेछ, त्यसका लागि आज समाजवादीको विकास गर्न संकल्प गर्नु पर्छ,’ उनले भने ।

उनले पहिले एमाले र माओवादी दलको एकता हतारमा हौसिएर भएको बताए । उनले भने, ‘हामी पहिलेको जस्तै हतारमा, हौसिएर, कम्युनिष्ट एकता भन्ने पक्षमा छैन ।’

उनले एमाले अध्यक्ष ओलीलाई विश्वास गर्न चाहेको बताए । उनले भने, ‘कमरेड केपी शर्मा ओलीलाई म विश्वास गर्न चाहन्छु, हामी हिजो विश्वास र अविश्वासको निकै ठूलो चक्रबाट गुज्रिएका थियौँ, अब विश्वास गर्न चाहन्छु ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट