प्रचण्डलाई माधवको प्रश्न : सत्ता गठबन्धन कति दिन टिक्छ ?-Sutra News

प्रचण्डलाई माधवको प्रश्न : सत्ता गठबन्धन कति दिन टिक्छ ?

सोमबार, १० बैशाख २०८१

सोमबार, १० बैशाख २०८१

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले वर्तमान सत्ता गठबन्धनलाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अगाडि असन्तुष्टि पोखेका छन् । सोमवार ललितपुरको च्यासलमा आयोजित नरबहादुर कर्मचार्यको तेस्रो वार्षिक केन्द्रीय सभालाई सम्बोधन गर्दै असन्तुष्टि पोखेका हुन् ।



अध्यक्ष नेपालले वर्तमान सत्ता गठबन्धनको भविष्यमाथि पनि प्रश्न उठाएका छन् । “गठबन्धन कहिले ओल्टो कहिले पोल्टो भइरहेको छ, यो गठबन्धन पनि कति दिन टिक्छ भन्ने टुंगो छैन”, अध्यक्ष नेपालले प्रचण्डलाई देखाउँदै भनेका छन् ।

अध्यक्ष नेपालले सत्ता गठबन्धनमा रहन एकीकृत समाजवादीलाई असहज बनिरहेको पनि बताएका छन् । उनले कसैले धम्क्याएकै भरमा गठबन्धनमा नरहने पनि बताएका छन् ।

उनले भनेका छन्, “हामीले सहज मानिरहेका छैनौं, सहज अवस्था अनुभूत गरिरहेका छैनौं, हामी कसैको धाक धम्की गालीगलौज सहनका लागि जन्मेका होइनौं । दास बन्ने नियतले राजनीतिमा आएका पनि होइनौं ।”

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट