आज यी प्रदेशमा मौसम खराब, चट्याङ्गसहित वर्षा हुने-Sutra News

आज यी प्रदेशमा मौसम खराब, चट्याङ्गसहित वर्षा हुने

सोमबार, १० बैशाख २०८१

सोमबार, १० बैशाख २०८१

काठमाडौं । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण कोशी, मधेश र बागमती प्रदेशमा आंशिक बदली रही बाँकी भागमा सफा रहेको छ ।



आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही कोशी, मधेश र बागमती प्रदेशमा केही भागमा मौसम मुख्यतया सफा रहने छ ।

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका थोरै स्थानमा तथा कोशी र बागमती प्रदेशको पहाडी भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । मधेश प्रदेशको तराई भागका केही स्थानका साथै कोशी र लुम्बिनी प्रदेशको तराई भागका थोरै स्थानमा हावाहुरीको सम्भावना रहेको छ ।

राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट