ओली अस्वस्थ, गाेदावरीको बैठकमै जान सकेनन्-Sutra News

ओली अस्वस्थ, गाेदावरीको बैठकमै जान सकेनन्

आइतबार, ९ बैशाख २०८१

आइतबार, ९ बैशाख २०८१

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएका छन् । अस्वस्थ भएपछि गोदावरीमा जारी राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकको दोस्रो दिन ओली सहभागी हुन सकेनन् ।



ओली उपस्थित हुन नसकेपछि पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको अध्यक्षतामा बैठक चलिरहेको छ ।

स्वास्थ्यमा समस्या देखिएको भन्दै शनिबार दिउँसो ओली बैठकबाट बाहिरिएका थिए ।

ओलीलाई रुघाखोकीले सताएको जनाइएको छ ।

‘अध्यक्ष कमरेड केपी शर्मा ओली अस्वस्थताका कारण उपस्थित हुन नसकेपछि वरिष्ठ उपाध्यक्ष कमरेड ईश्वर पोखरेलको अध्यक्षतामा महाधिवेशन प्रतिनिधि परिषद्को आजको बैठक सुरु भएको छ’, एमाले केन्द्रीय सदस्य विष्णु रिजालले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट