संकटमा नेपालको ब्याटिङ, लगातार विकेट पतन हुँदै-Sutra News

संकटमा नेपालको ब्याटिङ, लगातार विकेट पतन हुँदै

शनिबार, ८ बैशाख २०८१

शनिबार, ८ बैशाख २०८१

काठमाडौं । ओमनमा जारी एसीसी प्रिमियर कपअन्तर्गत तेस्रो स्थानका लागि भएको खेलमा नेपालले कमजोर ब्याटिङ गरेको छ ।



जसका कारण नेपालले पहिलो विकेटका रुपमा कुशल भुर्तेललाई शून्य रन गुमाएको थियो । उनी लगातार दोस्रो खेलमा डकमा आउट भएका हुन् । उनले दुई बल खेल्दै शून्य रनमा आउट भए ।

यस्तै, दोस्रो विकेटका रुपमा सोमपाल कामी आउट भए । उनले सात बलमा दुई चौकाको मद्दतमा १२ रन बनाएर पेभिलियन फर्किए । उनी आयुश शुक्लाको बलमा आउट भए ।

नेपालले तेस्रो विकेटका रुपमा ओपन आसिफ शेखलाई गुमाएको हो । उनले ११ बल खेलेर जम्मा पाँच रन मात्रै बनाए ।

यसैगरी चौथो विकेटका रुपमा कप्तान रोहित पौडेल आउट भएका छन् । उनले १८ बल खेल्दै जम्मा २१ रन बनाए । यस क्रममा उनले दुई चौका प्रहार गरे । नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट